Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


प्राथमिक निष्कासनको रकम नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था हटाइयो


0
Shares

धितोपत्र निष्कासन निर्देशिकाअनुसार धितोपत्र निष्कासन गर्दा निष्कासन बैंकमा जम्मा भएको रकम धितोपत्र बिक्री बन्द भएको ६ कार्यदिनभित्र नेपाल राष्ट्र बैंकमा खाता खोली कम्तीमा ६ कार्यदिनका लागि जम्मा गर्नुपर्ने र बोर्डको अनुमति लिएरमात्र झिक्नुपर्ने हुन्छ ।

बोर्डको विहीबार अबेर बसेको बैठकले उक्त प्रावधान हटाएको हो ।

यसबाट निष्कासनकर्ता संगठित संस्था र निष्कासन तथा बिक्री प्रबन्धकहरुलाई सहजीकरण हुनुका साथै बेलाबेला बजारमा देखिने तरलतासम्बन्धी समस्या कम हुने विश्वास बोर्डले लिएको छ ।

योसँगै नेपाल लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको सेयरमा परेको पैसा फिर्ता हुँदा तत्कालै बजारमा ५२ अर्ब रुपैयाँ बराबर तरलता प्रवाह हुने जनाइएको छ ।