तीस रुपैयाँमै बेच्दा खर्च पनि नउठ्ने भएकाले मूल्य बढ्ने आशामा कुर्दाकुर्दा गोदाममै कुचो सड्न लागेको ताप्लेजुङ नगरपालिकाका कृषक हरि पौडेलले जानकारी दिए ।
ताप्लेजुङमा मात्रै एक करोडभन्दा बढी मूल्यको कुचो यत्तिकै भण्डारण गरेर राखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष ताप्लेजुङसहित पूर्वी पहाडी जिल्ला पाँचथर, तेह्रथुमका कृषकले ७० रुपैयाँ प्रतिकिलोमा कुचो बेचेका थिए । राम्रो भाउ पाउने आसामा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटालगायत जिल्लाका कृषकले व्यवसायीक रुपमै अम्रिसो खेती गर्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्