Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


डडेल्धुरामा अल्लो प्रशोधन मेसिन जडान हुँदै


0
Shares

अल्लोबाट प्रशोधन गरी धागो, न्यानो हुने विभिन्न किसिमका कपडा, झोला लगायतका हाते सामग्री बुन्ने प्रविधिमा सहजता ल्याउन उद्योग मन्त्रालयले आधुनिक प्रविधियुक्त उपकरण जडान गर्ने भएको हो ।

माग बढ्दै गएको र सम्भावना उच्च रहेको अल्लोको स्थानीयस्तरमै प्रशोधन गरिने भएपछि ग्रामीण क्षेत्रका उद्यमीले परम्परागत रुपमा गर्दै आएको कडा परिश्रम र शैलीबाट राहत पाउने भएका छन् ।

डडेल्धुराको गाङखेत, रुपाल, बगरकोट, शीर्ष, भागेश्वरलगायत गाविसमा अल्लो पाईने भए पनि गाङखेत कमलटुँडाका उद्यमीले मात्र अल्लो प्रशोधन गरि अतिरिक्त आयआर्जन गर्दै आएका छन् ।