सडक आसपासका जग्गा किनबेच र घरको नक्सा पास गर्ने कामसमेत रोकिएपछि स्थानीयले विरोधका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सरकारी निर्णयपछि नगरपालिकाले भूकम्प प्रभावितको घर आवास निर्माणको अनुमतिसमेत रोकेको छ ।
यसअघि बनेपा–सिन्धुली–बर्दिबास सडक क्षेत्रमा सडक आयोजनाले सडकको केन्द्रबिन्दूबाट दायाँबायाँ १५÷१५ मिटर र सेटब्याकका लागि छ÷छ मिटर मात्र अधिग्रहण गरी सडक निर्माण र सञ्चालन गरेको थियो ।
सडक आयोजनाले मौजुदा सडक फराकिलो पार्न थप घर जग्गा अधिग्रहण गर्ने भएपछि स्थानीय आक्रोसित बनेका हुन् । सडक विस्तारका क्रममा कमलामाई नगरपालिकाको गौमतीनदी पुलदेखि हिरापानीसम्म दायाँबायाँ थप २० मिटर जग्गा अधिग्रहण गर्ने क्रममा करिव पाँच सय घर–परिवार विस्थापित र सुकुम्बासी हुने देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्