नेप्से ६५ अंकले ओरालो लागेर १३ सय ९ मा आएर थामियो । कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूह सबैभन्दा उच्च ५ सय ४६ अंकले झर्यो । होटल समूहमा १ सय २८ अंकको गिरावट आयो ।
जलविद्युत समूहमा ७३ अंकको कमी आयो । वाणिज्य बैंक समूहमा पनि ६० अंकको गिरावट आयो ।
विकास बैंक समूह ४८ अंक र वित्त समूह पनि ३५ अंकले झर्यो । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय २३ कम्पनीको ११ लाख २६ हजार कित्ता शेयर ५३ करोड ६६ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्