अमरगढी नगरपालिका वडा नं. २ डोटी घटाल क्षेत्र र वडा नं. ७ पोखरा क्षेत्रका किसानले घरघरमा प्लाष्टिक टनेल निर्माण गर्न थालेपछि व्यवसायिक तरकारी खेतीमा आकर्षित भएका हुन् ।
१५ वर्षदेखि तरकारी खेतीमा सक्रिय अमरगढी नगरपालिकाको वडा नं. ११ का किसानले लहरेबाली तरकारी प्लाष्टिक ब्याडहरु राखेर गाउँ नै सेताम्य बनाएका हुन् ।
बर्षामा लगाएको आलु र काउली खेती भित्र्याएका अमरगढी फिन्नेकोट गाउँका कृषक अहिले बारीमा फर्सी, काँक्रो, केराउ, गोलभेडा, प्याज, धनियाँ, भेडे खुर्सानीलगायतका हिउँदे तरकारी लगाउने तयारीमा व्यस्त छन् ।
जिल्ला कृषि विकास कार्यालयबाट प्राबिधिक र आर्थिक सहयोगसमेत पाएपछि फिन्नेकोटका करीब दुई सय परिवार कृषकले तरकारी खेतीबाट बार्षिक २० हजारदेखि २ लाखसम्म आम्दानी गरिरहेका छन् ।
डडेल्धुराका बिभिन्न स्थानमा ९ सयभन्दा बढी ठूला पोली हाउस नै बनाएर गोलभेडा उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्