Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


नवलपरासीमा सबै क्रसर उद्योग बन्द गर्न निर्देशन


0
Shares

जिल्लास्तरीय अनुगमन समन्वय समितिको निर्णयअनुसार जिविसले क्रसर उद्योगमा रहेका नदीजन्य पदार्थको स्रोत खुलाउन माघ १७ सम्मको म्याद दिएको थियो ।

सो समयभित्र व्यवसायीले स्रोत नखुलाएपछि आजदेखि पूर्ण रुपमा उद्योग बन्द गर्न निर्देशन दिइएको स्थानीय विकास अधिकारी युवराज कटेलले जानकारी दिए ।

व्यवसायीले भने सामग्रीको नापजाँच गरी परिमाण निकाल्न समय लाग्ने भन्दै केही दिनको म्याद मागेका छन् ।

खोलाहरुमा दुई वर्षदेखि ठेक्का नलागेको भन्दै जिविसले दश दिनको समय दिएर क्रसर उद्योगमा रहेका सामग्रीको स्रोत खुलाउन भनेको स्थानीय विकास अधिकारी कट्टेलले जानकारी दिए ।

क्रसर उद्योग बन्द भएपछि जिल्लामा निर्माणाधीन आयोजना र व्यक्तिका निर्माण कार्य भने प्रभावित हुने देखिएको छ ।