निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको सो एअरलाइन्सको नयाँ विमान मंगलबार काठमाडौं आएपछि उडान गन्तव्य थपिएको हो ।
यही माघ २८ गते क्वालालम्पुर र फागुन १३ गतेदेखि याङगुन उडान गर्ने जनाइएको छ ।
हिमालय एअरलाइन्सले ल्याएको ‘नाइन एनएएलभी’ विमानमा ११८ सीट रहेको छ । यो एअरलाइन्सले विमान सेवा सन्चालनको दोस्रो वर्षमा नै अर्को विमान थप गरेको हो ।
हाल कतार र श्रीलंका उडान भर्दै आएको हिमालय एअरलाइन्सले आगामी दिनमा भारत र चीनमा पनि उडान भर्ने योजना रहेको बताएको छ ।









प्रतिक्रिया दिनुहोस्