Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


उद्घाटन खेलमा दार्जिलिङ युनाइटेडसँग आयोजक माइभ्याली क्लव पराजित


0
Shares

इलाम, फागुन २६ । इलाममा आजदेखि शुरु भएको माइभ्याली गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा दार्जिलिङ युनाईटेड क्लब विजयी भएको छ ।

दार्जिलिङ युनाईटेड क्लबले आयोजक माईभ्याली क्लबमाथि ईञ्जुरी टाइममा एक गोल गर्दै जित हासिल गरेको हो ।

दार्जिलिङ युनाईटेडका देवाशिष राईले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बनेको हो ।

आजको खेलको म्यान अफ दि म्याच दार्जिलिङका वाङदेन तामाङ भए । प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुन गरी १० टिमको सहभागिता छ ।

गोल्डकपको विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । भोलिको खेल नेपाल फूटबल एकाडेमी हङकङ र हिमालयन शेर्पा क्लब काठमाडौंबीच हुने छ ।