फाइल फोटो
नेपाल आयल निगम व्यवस्थापनको बुधबार बसेको बैठकले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएर १३ सय ५० रुपैयाँ पुर्याएको हो ।
यसअघि, ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँ रहेको थियो ।
बढेको मूल्य बुधबार (आज) राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।
भारतीय आयल कर्पोरेसनले फेब्रुअरीमा पठाएको नयाँ मूल्यअनुसार निगमलाई ग्यासमा घाटा धेरै भएकोले मूल्य बढाएको दाबी गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्