Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


व्यक्तिगत श्रम स्वीकृति पनि अब अनलाइनबाटै


0
Shares

यसअघि संस्थागततर्फको पूर्व र अन्तिम श्रम स्वीकृति अनलाइनबाट सुरु भइसकेको थियो ।

बुधबार श्रमग्राम ताहाचलमा श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले व्यक्तिगतरुपमा अनलाइनबाट श्रम स्वीकृति भरेका दिलबहादुर तामाङ र राजु ठकुरीलाई श्रम स्वीकृति दिइ सेवाको उद्घाटन गरे ।

यी दुईजनाले बुधबार बिहानमात्रै श्रम स्वीकृतिका लागि अनलाइनबाट आवेदन दिएका थिए ।

श्रमग्राममा व्यक्तिगतरुपमा अनलाइन भर्न सहायताकक्ष पनि सन्चालनमा ल्याइएको छ ।

वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन अनलाइन प्रणालीले सहयोग गर्ने अपेक्षा मन्त्रालयको छ ।

योसँगै वैदेशिक रोजगारमा जाने कामदारलाई दिने सेवा मर्यादित, व्यवस्थित एवं उनीहरुको तथ्यांक राख्न सजिलो हुने विश्वास सरकारको छ ।