Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


तेह्रथुममा खोरुङ्गा खोला जलविद्युत् आयोजनाको निर्माण सुरु


0
Shares

७ दशमलव ५ मेगावाट क्षमताको आयोजनाको सांसद भवानीप्रसाद खापुङले शिलान्यास गरे  ।

आयोजनाको शिलान्याससँगै काम सुरु गरिएको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण र तेह्रथुम पावर कम्पनीबीच गत मंसिर १ गते विद्युत खरिद–बिक्री सम्झौता भएको थियो ।

पीपीए भएको तीन महिनापछि आयोजनाको शिलान्यास गर्दै प्राविधिक सर्वेसमेत थालेको कम्पनीले अबको ३३ महिनाभित्र निर्माणको काम सक्ने बताएको छ ।

तीन वर्षमा निर्माण सक्नेगरी भएको सम्झौतामा आयोजनामा उत्पादित विजुली प्राधिकरणले हिउंदमा ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसामा किन्ने सम्झौता भएकोे छ ।