Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


अवरुद्ध सिँचाइ नहर सञ्चालनमा


0
Shares

गत साउनमा अविरल वर्षासँगै बडिघाट नदीमा आएको बाढीले करिब दुईसय मिटर सिँचाई कुलो नहर बाढीले बगाएपछि र करिब चारसय मुरी उब्जनी हुने हनुमानटारी फाँटमा नदी पसेर खेतलाई नामोनिसाना नरहने गरी पुरेपछि हनुमानटारी सिँचाइ फाँटमा धान रोप्नबाट समेत किसान बञ्चित भएका थिए ।

विगत सात महिनादेखि अवरुद्ध रहेको सिँचाइ कुलो नहर बनाउन स्थानीय खेतका मोहीले ३५ दिन लगाएर कडा मिहेनत गरी नहरको निर्माण तथा मर्मतसम्भार गरेर सिँचाइ कुलो सञ्चालनमा ल्याइएको सिँचाइ उपभोक्ता समितिका सचिव कृष्णबहादुर खत्रीले जानकारी दिए ।

साथै, उक्त खेतीयोग्य फाँटमा राज्यका तर्फबाट खासै चासो नदेखाएपछि सिँचाइ कुलोका उपभोक्ता मोही आफैँ सक्रिय भई सिँचाइ सञ्चालनमा जुटेका हुन् ।

सिँचाइ नहरमार्फत आ–आफ्ना खेतमा सिँचाइ गर्न पाउँदा उपभोक्ता निकै हर्षित भएका छन् । (रासस)