२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


तनहुँमा विद्यार्थी बोकेको बस दुर्घटना, एकको मृत्यु, २४ जना घाइते


0
Shares

दुर्घटनामा तनहुँ, व्यास–९ का हर्कसुर कामीको मृत्यु भएको हो । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

तनहुँको छबिसेबाट दमौली आउँदै गरेको ना१ख ३२८८ नम्बरको बस ट्रकलाई ओभरटेक गर्नेक्रममा दुर्घटना भएको जनाइएको छ ।

गम्भीर घाइते तनहुँ, जामुने–१ की चिजा थापालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

अरु गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि पोखरा पठाइएको र बाँकीको दमौलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयन तनहुँले जनाएको छ ।