Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


खिम्ची–ढल्केबर २२० केभी प्रसारणलाइन सन्चालनमा


0
Shares

विहीबार दोलखाको सहरे गाविसस्थित किर्नेटारमा खिम्ती–ढल्केबर २२० केभी प्रसारणलाइनको उद्घाटन गर्दै उनले ‘निहीतस्वार्थका कारण विकास–निर्माणका कामहरुले गति लिन नसक्दा देशमा आर्थिक क्रान्ति हुन नसकेको हो’–भने ।

नेपालमा २२० केभी क्षमताको यो नै पहिलो प्रसारणलाइन हो । १७ वर्षअघि निर्माण सुरु भएको खिम्ती–ढल्केबर २२० केभी प्रसारणलाइनको विहीबार (आज)देखि औपचारिक सन्चालन गरिएको हो ।

१८८ ओटा टावर प्रयोग गरी २२० केभी डबल सर्किटको प्रसारणलाइन ७४ किलोमिटर लामो रहेको छ ।

कार्यक्रममा ऊर्जामन्त्री जर्नादन शर्माले अब राष्ट्रिय गौरवका सबैजसो जलविद्युत् आयोजना सम्बन्धित प्रदेशका जनताको लगानीमा बनाइने बताए ।

यस्तै, कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रबन्ध निर्देशक कुलमान घिसिङले १ करोड १९ लाख ८१ हजार ३ सय २५ अमेरिकी डलर र नेपाली रुपैयाँ २१ करोड ३२ लाख ५२ हजार रुपैयाँ बराबरको लगानी लागतमा प्रसारणलाइन निर्माण सम्पन्न गरिएको जानकारी दिए ।