
राउण्ड अन्नपूर्णमा आउने विदेशी पर्यटकका लागि मुख्य गन्तव्यस्थल मानिएको घोडेपानी र पुनहिलमा अहिले पर्यटकको भीड लागेको छ । माघमा महिना पर्यटकहरुका लागि बेसिजन भए पनि स्वदेशी तथा विदेशी पर्यटक पुग्ने क्रम रोकिएको छैन ।
पुन हिलबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १५ भन्दा बढी हिमशृङ्खलाको मनोरम दृश्यावलोक गर्न सकिने भएकाले पर्यटकहरु पुग्ने गर्दछन् । यहाँबाट म्याग्दी, पर्वत, कास्कीलगायतका जिल्लाको समेत अवलोकन गर्न सकिन्छ ।
पुनहिलमा यो महिनामात्रै २ सयभन्दा बढी चिनियाँ पर्यटक पुगेका छन् । विगतका वर्षको तुलनमा यस वर्ष पर्यटकको चाप बढेको घोरेपानी होटल व्यवसायी संघका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए ।
घोरेपानीमा पर्यटक लक्षित २२ वटा होटल सञ्चालनमा छन् ।
प्रतिक्रिया दिनुहोस्