Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सडक कालोपत्रे नहुँदा धुलोले स्थानीय हैरान


0
Shares

कच्ची सडकमा गुड्ने यातायातका साधनले उडाउने धुलो र धुँवाका कारण स्थानीय हैरान भएका हुन् । धुलोकै कारण दम, रुघा, खोकी, छाला चिलाउनेजस्ता रोगसमेत देखा पर्न थालेको गुनासो स्थानीयको छ ।

नीलकण्ठ नगरपालिका क्षेत्रको साङ्कोष, मुरलीभञ्ज्याङ, सुनोला बजारका स्थानीय धुलोले बढी प्रभावित छन् । सडकको धुलो घरमा पसेर खाने कुरा, ओढ्ने र ओछउने समेत धुलाम्य हुने गरेकाले जतिसक्दो चाँडो सडक कालोपत्रे गरी दिन स्थानीयले माग गरेका छन् ।