संसदको विकास समितिको बैठकमा सांसदहरुले सडकमा कुहिरीमण्डल बनेर उडेको धुलोले मानव स्वास्थ्यमै जटिलता निम्त्याएको भन्दै सरकारको आलोचना गरेका हुन् ।
उनीहरुले भत्काउन सक्ने तर नबनाउने सरकारी शैलीप्रति आपत्ति जनाउँदै भत्काइएका संरचनाहरु तत्काल निर्माण गर्न सरकार र सरोकारवाला निकायलाई निर्देशन दिएको छ । खनिएका सडकको शीघ्र निर्माण तथा मर्मत तथा खाल्डा पुर्न समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।
समितिमा उपस्थित काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले सडक विस्तारकै कारणले मात्र सडकमा धुलो उडेको नभई उक्त सडकमा गुड्ने सवारी साधन पनि कारक भएको जिकीर गरे । उनले निर्माणाधीन सडकमा सवारी साधन गडाउन दिन नहुने तर्क गरे ।
तिवारीले कलंकीदेखि नागढुङ्गासम्मको सडकखण्डको निर्माण रोक्न अदालती आदेशका कारण रोकिएको र क्षतिपूर्ति दिने काम जारी रहेको जानकारी पनि गराए ।
उनले मेलम्ची खानेपानी आयोजनाले उपत्यकाको अधिकांश ठूला सडकमा खानेपानीको पाईप ओच्छ्याउने काम अबको सात दिनभित्र भित्र सकाएर सम्बन्धित निकायलाई जानकारी गराईने बताए ।
समितिका सदस्यहरुले सडक निर्माणको जिम्मा पाएका निकायले आपसी तालमेल नगर्दा सर्वसाधारण मर्कामा गरेको र जनस्वास्थ्यमा प्रतिकूल असर पर्दा पनि सरकार बेसरोकार रहेको भन्दै आपत्ति जनाए ।










प्रतिक्रिया दिनुहोस्