परियोजनाअन्तर्गत् दुई नगरपालिका र १९ गाविसमा विभिन्न कृषिबाली, दुईओटा व्यवसायिक कृषि उत्पादन केन्द्र र २० ओटा साना व्यवसाय कृषि उत्पादन केन्द्र विकास गरिने छ ।
सरकारले कृषिलाई नाफामुखी व्यवसायकारुपमा विकास गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्ने उद्देश्यले यो परियोजना थालेको हो ।
चालु आर्थिक वर्षदेखि १० वर्षसम्म सन्चालन हुने परियोजनाका लागि प्रारम्भिक चरणमा अलैंची, अदुवा, सुन्तला, तरकारी, मकै, धान, अकबरे खुर्सानी र आलुखेतीका लागि २० ओटा पकेट क्षेत्र र दुईओटा ‘ब्लक’मा कार्यक्रम लागू भएको हो ।
सो कार्यक्रमका लागि तेह्रथुममा यस वर्ष २ करोड ११ लाख २८ हजार रुपैयाँ बजेट छुट्याइएको जिल्लास्थित वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए ।









प्रतिक्रिया दिनुहोस्