Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


कन्चनपुरमा प्रांगारिक कृषिमेला प्रदर्शनी सुरु


0
Shares

‘प्रांगारिक कृषि पद्धतिको अवलम्बन, पर्यावरण संरक्षण र स्वस्थ जीवन’ भन्ने नाराका साथ सदरमुकाम महेन्द्रनगरमा प्रदर्शनी सुरु भएको हो ।

सुदूरपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय दिपायल र जिल्ला कृषि विकास कार्यालय कन्चनपुरले संयुक्तरुपमा प्रदर्शनी आयोजना गरेका हुन् ।

विषादियुक्त खेतीको अन्त्य गरी किसानलाई प्रांगारिक खेतीतर्फ उन्मुख गराउन मेला आयोजना गरिएकोे जिल्ला कृषि विकास कार्यालय कन्चनपुरले जनाएको छ ।