Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


शुक्रबार सुनको भाउमा सामान्य कमी


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर तोलाको ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ विहीबार तोलामा १ सय रुपैयाँले बढेर तोलाको ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय १५ डलर हाराहारीमा कारोबार भएको थियो ।