२०७२ सालको भूकम्पका कारण थन्किएको उक्त आयोजनाको गत महिनादेखि तीव्र गतिमा काम भइरहेको आयोजनाका प्राविधिक साइट इन्चार्ज नागेन्द्र ज्ञवालीले जानकारी दिए ।
आयोजना छिटोसम्पन्न गर्न चिनियाँ ठेकेदार कम्पनीका तीन सय २० मजदुर २४ सै घन्टा सुरुङ खन्न तल्लीन छन् ।
१३ अर्ब लागतको रसुवागढीे एक सय ११ मेगावाट जलविद्युत आयोजनाको सन् २०१४ बाट निर्माण थालिएको हो । २०१९ को अगस्टसम्ममा पूरा गर्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ ।
यता, जलविद्युत उत्पादनका लागि म्याग्दीमा दर्ता भएका आयोजनामध्ये अधिकांशले काम सुरु नगर्दा अलपत्र छन् ।
विभिन्न संघ संस्था र व्यक्तिले जिल्लामा २३४ मेगावाट उत्पादन क्षमताका २९ वटा आयोजना दर्ता गरे पनि धेरै आयोजनाको काम सुस्त गतिमा अगाडि बढेको जिविसका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले बताए ।
उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सवस्टेसन बनाउन ढिलो हुँदा जिल्लामा आयोजना दर्ता गरिए पनि काम थाल्न आनाकानी गरेको जलविद्युत आयोजनाका प्रतिनिधि खडक गिरी बताउँछन् ।
म्याग्दीमा जलविद्युत आयोजना निर्माणमा ढिलाई हुनुको नीतिगत तथा प्राविधिक कारण मात्र नभइ स्थानीयस्तरमा पुर्वाधारको अभाव रहेको स्थानीयको गुनासो छ ।









प्रतिक्रिया दिनुहोस्