यसअघि प्रतिचल्ला ६० रुपैयाँ तिर्दैै आएका किसानले अब प्रतिचल्ला रु ६५ तिनुपर्नेछ ।
नेपाल ह्याचरी संघका केन्द्रीय उपाध्यक्ष एवं चितवन जिल्लाका अध्यक्ष ऋषिराम पौडेलले अहिले देशभरि नै बोइलर चल्लाको माग उच्च भएको र उत्पादन कम भएको कारण चल्लाको मूल्य बढेको बताए ।
फागुपूर्णिमालाई लक्ष्य गरी बोइलर पाल्ने किसानको संख्यामासमेत वृद्धि भएकाले माग बढेको उनको भनाइ छ । विशेषगरी फागुपूर्णिमामा तराईका जिल्लामा मासुको अत्यधिक खपत हुने गर्दछ ।
पछिल्लो समय बोइलर मासुमासमेत मूल्यवृद्धि भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।
अध्यक्ष पौडेलकाअनुसार चितवन जिल्लामामात्रै प्रतिहप्ता १५ लाख चल्ला उत्पादन हुँदै आएको छ । उत्पादनको करिब ४० प्रतिशत चितवनमामात्रै खपत हुन्छ भने ६० प्रतिशत देशका विभिन्न जिल्लामा जाने गर्दछ ।
पछिल्लो समयमा चितवनमा अन्डाको मूल्यसमेत बढ्दै आएको छ ।
भूकम्पकाबेला अस्तव्यस्त बनेको कुखुरा व्यवसाय अहिले विस्तारै फस्टाउँदै गएको अन्डा व्यवसायी शिवराम केसीको भनाइ छ ।
नेपालमा कुखुरा व्यवसायमा झन्डै रु ७५ अर्ब लगानी भएको छ । चितवनलाई कुखुराको राजधानीकोरुपमा चिनिन्छ । रासस









प्रतिक्रिया दिनुहोस्