Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


माओवादीले ध्वस्त बनाएको प्रहरी चौकी पुनस्र्थापना गरियो


0
Shares

कार्किनेटा, थापाठाना र शंकरपोखरी गाविसवासीलाई सेवा दिंदै आएको प्रहरी चौकीको अत्याधुनिक भवन निर्माण सम्पन्न गरिएको हो ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा निर्मित भवनको पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कमलसिंह बमले उदघाटन गरे ।

करीब ८४ लाख रुपैयाँमा निर्मित भवनभित्र कार्यालय प्रमुखको निवास, कारागार, महिला तथा पुरुष ब्यारेक, भान्सा, डाइनिङ्ग, प्रशासन, सञ्चार कक्षलगायतका कोठा रहेका छन् ।

दुई तले पक्की भवन झण्डै चार वर्षमा निर्माण गरिएको हो । स्थानीयवासीले भने प्रहरी चौकीलाई स्तरबृद्धि गरी इलाकास्तरीय बनाउन माग गरेका छन् ।