विजय नेपाल (इमेज)
सिन्धुपाल्चोक, फागुन २५ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९, लामाचौरबाट पाराग्लाइडिङको व्यावसायिक उडान सुरु गरिएको छ ।
लामाचौर पाराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ संघले सिरानचौरमा ल्यान्डिङ गर्नेगरी उडान सन्चालन गरेको हो ।
तत्कालका लागि पोखराबाट पाइलट ल्याएर उडान गरिएपनि आगामी दिनमा भने स्थानीय युवालाई नै प्रशिक्षण दिने योजनामा संघ रहेको छ ।
सुनकोसी नदीमा जलयात्रा गर्न आउने पर्यटकलाई पाराग्लाइडिङ गराइने उद्देश्यलेसमेत सो उडान सुरु गरिएको जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्