स्थानीय नेपाल तारा माविमा स्नातक तह सञ्चालन गर्ने र प्राविधिक विषयको पठनपाठन थप गुणस्तरीय बनाउन धार्मिक एवं शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञ संचालन गरिएको हो ।
संकलित रकमको सदुपयोग गरी विहादी बहुमुखी क्याम्पस स्थापनासँगै प्राविधिक विषयको पठनपाठनलाई थप व्यवस्थित बनाइ विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा खर्च गरिने मूल संयोजक होमनाथ पराजुलीले जानकारी दिए ।
आफूले गरेको सहयोग अपुग भए थप सहयोग दिने प्रतिबद्धता दाताहरुले जनाएका छन् । पर्वत, गुल्मी, स्याङजा, बाग्लुङलगायत जिल्लाबाट उपस्थित भक्तजनले सहयोग गरेका हुन् ।
महायज्ञमा काठमाडौँमा कार्यरत जनसेवी लघु वित्तका अध्यक्ष विकास गौचनले सबैभन्दा बढी ५ लाख २५ हजार प्रदान गरेका थिए भने परिवारका तर्फबाट सबैभन्दा बढी गगनबहादुर कुवँरको परिवारले १० लाख प्रदान गरेको आयोजकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्