स्थानीय विकास अधिकारी युवराज कटेलकाअनुसार खोलाहरुको दोहन गर्दै चोरी–निकासी बढेपछि सशस्त्र सुरक्षाकर्मी सम्मिलित ‘र्यापिड एक्सन टिम’ गठन गरेर परिचालन गरिएको हो । विभिन्न पाँच स्थानमा टोली बनाएर खटाइएको छ ।
ती स्थानबाट दिनहुँजसो अवैधरुपमा ओसार–पसारमा प्रयोग भएका सवारी–साधनहरु फेलापरेको कट्टेलले जानकारी दिए ।
यसैबीच, ढुंगा तथा बालुवाको स्रोत नखुलाएको भन्दै एक साताअघिदेखि बन्द गरिएका नवलपरासीका क्रसर उद्योगहरुले जिविसमा विवरण बुझाएका छन् ।
उनीहरुले उद्योगहरुमा बिक्री भएका र स्टकमा रहेका उत्पादनको विवरण सोमबार जिविसमा बुझाएका हुन् ।
विवरण बुझाएपनि क्रसर उद्योग भने सन्चालनमा आएका छैनन् ।









प्रतिक्रिया दिनुहोस्