शिक्षा विभाग र युएस एडको संयुक्त आयोजना सुरु भएको कार्यक्रम हाल ६ जिल्लामा सन्चालन भइरहेकोमा आगामी वर्षदेखि थप १० जिल्लामा कार्यक्रम लागू गर्न लागिएको हो ।
‘रमाइलो पढाइ, दिगो सिकाइ १, २, ३ का बालबालिकालाई’ भन्ने नारासहित दुई वर्षपहिले सुरु भएको यस कार्यक्रम सन् २०२० सम्ममा ७५ ओटै जिल्लामा सन्चालन गरिने शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल जानकारी दिए ।
कक्षा–१ देखि ३ सम्मका बालबालिकालाई पढेका कुरा बुझ्ने र बुझेका कुरालाई मौखिक र लिखितरुपमा व्यक्त गराउने उद्देश्यले सामुदायिक विद्यालयहरुमामात्र यो कार्यक्रम सन्चालन गरिएको छ ।
कक्षा–२ मा पढ्ने ३६ प्रतिशत र कक्षा–३ मा पढ्ने १९ प्रतिशत बालबालिकाले एक अक्षर पनि शुद्धसँग पढ्न नसकेका कारण यो कार्यक्रम सन्चालनमा ल्याइएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्