Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


चैत १५ गतेसम्म सबैतिर पाठ्यपुस्तक पुग्छ : महानिर्देशक पौडेल


0
Shares

सोमबार हामीसँग कुरा गर्दै उनले ९३ लाख पुस्तक छापी सकिएको र १२ लाख पुस्तक छपाइ प्रक्रियामा रहेको बताए ।

कर्णाली अञ्चलका तीन जिल्ला तथा मनाङ र मुस्ताङमा पहिलो चरणमा पुस्तक पुर्‍याउने र बाँकी जिल्लामा चैत १५ सम्ममा पुर्‍याइसक्ने उनले दाबी गरे ।

कक्षा ५ सम्मका पुस्तक निजी क्षेत्र र कक्षा ६ देखि १० सम्ममा पुस्तक जनक शिक्षा सामाग्री केन्द्रबाट छपाउने अनुमति दिइएको छ ।

तर, वर्षेनि समयमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पठन–पाठनमा नै समस्या हुने गरेको छ ।