२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बस दुर्घटनामा २० जना घाइते, चालक फरार


0
Shares

जिल्ला प्रहरी कार्यालयकाअनुसार भीमदत्तनगरबाट नेपालगन्जतर्फ गइरहेको उक्त बस दुर्घटनाबाट घाइतेमध्ये कन्चनपुर, सुडाका ५५ वर्षीया द्रौपदी र निजकै श्रीमान् ६० वर्षीय दिलबहादुर बमको अवस्था गम्भीर रहेको छ ।

सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर घाइते दुबैलाई उपचारका लगि नेपालगन्जतर्फ पठाइएको छ । बसका चालक दुर्घटनालगत्तै फरार भएको प्रहरीले जनाएको छ । रासस