अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले खेतबारी भने काम गर्ने जनशक्ति नभएकैले क्रमशः बाँझिँदै जान थालेको हो ।
म्याग्दीमा मकै, कोदो, जौलगायतका खेती हुने जमिन १० देखि १५ प्रतिशत बाँझो बसेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
अवसरको खोजीमा युवाहरु बाहिरिन थालेकाले श्रमिकको कमी, ज्याला बृद्धी जस्ता कारणले पनि जमीन बन्जर बनेको हो ।
स्थानीयवासी पनि माटो खोस्रेर आफ्नै उत्पादन खानेभन्दा वैदेशिक रोजगारीबाट भित्रिएको पैसाबाट बजारबाट खाद्यान्न किनेर खान थालेका छन् ।
आफ्नो उत्पादनभन्दा बजारबाट किनेर खाँदा सस्तो पर्ने तर्क उनीहरुको छ ।
केही ठाउँमा अन्नबालीको विकल्पमा तरकारी र फलफूल खेती गरिए पनि धेरै बाँझो जमिन उपयोगविहीन बनेको बागवानी विकास अधिकृत भोजबहादुर थापा बताउँछन् ।
जमिन बाँझो रहन नदिन अन्नबालीको विकल्पमा कृषकलाई सुन्तला, कागतीलगायतका फलफूल तथा आलु जस्ता नगदे तरकारी खेतीमा उत्प्रेरित गर्न थालिएको कृषि विकास कार्यालयको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्