उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बढीले झरेर १३ सय ४४ मा आएर थामियो । अन्य र वित्तबाहेक अरु कारोबार भएका समूह ओरालो लागे ।
होटल समूहमा सबैभन्दा उच्च ४१ अंकको गिरावट आयो । बीमा समूहमा पनि २४ अंकको कमी आयो । जलविद्युत्, वाणिज्य बैंक र विकास बैंक समूह भने सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३२ कम्पनीको ११ लाख ८५ हजार कित्ता सेयर ३२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्