Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


रामेछापमा सबै निःशुल्क औषधि उपलब्ध


0
Shares

रामेछापको सदरमुकाम मन्थलीमा मङ्गलबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको हो ।

जिल्लामा सञ्चालित जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा ७० थरी, तीन जनस्वास्थ्य कार्यालयमा ५८ थरी, ५१ स्वास्थ्य चौकीमा ३५ थरी, एक उपस्वास्थ्य चौकीमा ३५ थरी, आठ सामुदायिक स्वास्थ्य एकाइमा ३५ थरी, चार सहरी स्वास्थ्य केन्द्रमा ३५ थरी निःशुल्क पाइने औषधि उपलब्ध गराउनुपर्ने सरकारी नियमअनुसार निःशुल्क औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा प्रकाशप्रसाद साहको दाबी छ ।

जिल्लामा अहिले पूर्णरुपमा औषधि रहेको र औषधि चैतसम्म पुग्ने आफूहरुसँग औषधि रहेको डा साहको भनाइ छ । औषधि खरिदका लागि रु ४३ लाख अख्तियारी आएकोमा जिल्ला स्वास्थ्य कार्यालयमा सुरुमै रु छ लाख, त्यसपछि रु २४ लाख, र १३ लाखको औषधि खरिद गरिएको उनले बताए । (रासस)