Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


महेन्द्रनगरको एक क्याम्पसमा अज्ञात समूहद्वारा आगजनी (भिडियो हेर्नुहोस)


0
Shares

बिहान ३ बजेको समयमा कलेजको लेखा शाखामा आगो लगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

विद्यालयका चौकीदार दिल बहादुर चौधरीलाई कोठामा थुनेर आगो लगाएर भागेको विद्यालय प्रशासनले जनाएको छ ।

आगलागीबाट लेखा शाखाका सम्पूर्ण प्रमाण जलेर नष्ट भएका छन् । लेखामा रहेको अत्यावश्यक सम्पूर्ण विवरण नष्ट भएका छन् ।

कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका प्रमुख डा.राज कुमार साउदले विस २०३६ सालदेखि २०७३ माघ मसान्तसम्मका सबै प्रमाण नष्ट भएको जानकारी दिए ।

शैक्षिक क्षेत्रको प्रगति देख्न नचाहने समुहबाट यस्तो अनैतिक काम भएको उनको भनाई छ ।