Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


जनकपुरमा आमरण अनसनमा बसेकाहरुको स्वास्थ्यस्थिति गम्भीर


0
Shares

स्वास्थ्यस्थिति गम्भीर हुँदै गए पछि उनीहरुलाई स्लाइन दिएर राखिएको छ । शर्मा र राइन जनकपुरको जनकचोकमा सात सूत्रीय मागसहित आमरण अनसनमा बसिरहे पनि उनीहरुका माग सुनुवाई भएको छैन ।

जनकपुर अञ्चल अस्पताललाई पाँच सय शैयाको बनाउनुपर्ने, जनकपुरमा ६ लेनको चक्रपथ निर्माण गर्नुपर्ने, जनकपुर बिमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेलगायतका माग उनीहरुले राखेका छन् ।

माग पूरा नभएसम्म आमरण अनसन नतोड्ने अडान उनीहरुले राखेका छन् । शर्मा र राइनका मागप्रति समर्थन जनाउँदै जनकपुरमा विभिन्न संघसंस्थाले दिनहुँ प्रदर्शन गरिरहेका छन् ।