मन्त्री गिरीसहितको सरकारी उच्च अधिकारी सम्मिलित टोलीले आज बक्राह खोलाको तटबन्धको निरीक्षण गरी चाँडै काम सम्पन्न गर्न निर्देशन दिएको हो ।
गत साउन ८ गते बक्राह खोलामा आएको बाढी मानववस्तीमा पस्दा मधुमल्ला, हसन्दह, अमरदहलगायतका गाविसका १ सय बढी घर परिवार विस्थापित बनेका थिए भने ५ सय हेक्टर खेती योग्य जमिन पुरिएको थियो ।
सरकारले बक्राह खोलामा स्थायी तटबन्धका लागि ४ अर्ब रुपैयाँ छुट्याएको छ । बक्राह खोलाको शीरदेखि भारतीय सिमासम्मको ५१ किलोमिटर तटबन्ध बनाउन सो रकम छुट्याइएको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरका डिभिजन इन्जिनियर डा. देवनारायण साहले जानकारी दिए । पहिलो चरणमा साँढे २ अर्ब रुपैयाँ खर्च गरिने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्