पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा४ख ७१२ र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख १९२५ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।
सो दुर्घटनामा परी बा४ख ७१२ नम्बरको ट्रकका चालक मकवानपुरको आमभन्जाङ–४ निवासी २७ वर्षीय हरिबहादुर लोको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
गम्भीर घाइते चालक लोको उपचारका लागि लहानस्थित अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक केसीले बताए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका अर्का ट्रक चालक मनवानपुरको हेटौंडा–१९ निवासी रमेश चौलागाइँको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्