Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


अनेरास्ववियुका केन्द्रीय सदस्य राईको मृत्यु


0
Shares

काठमाडौंबाट जन्मस्थान खोटाङ आउनेक्रममा मंगलबार बिहान दुर्घटनामा परेका राईको उपचारकाक्रममा विहीबार अपराह्न मृत्यु भएको हो ।

संगठनको काममा खोटाङ हिँडेका राई भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परेको अनेरास्ववियुले जनाएको छ ।

दुर्घटनालगत्तै बेहोस बनेका राईको काठमाडौंस्थित न्युरो अस्पताल पुर्‍याएर सघन उपचारकक्षमा भर्ना गरिएको थियो ।

न्युरो अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौंकै ट्रमा सेन्टर पुर्‍याइएको थियो ।

करिब एक दशकदेखि एमालेनिकट विद्यार्थी संगठनमा क्रियाशील राई संगठनको माथिल्लो सगरमाथा प्रमुखसमेत थिए । रासस