Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


संखुवासभामा पाइने असला माछाको माग बढ्यो


0
Shares

संखुवासभाको सभा, हेवालगायतका स्थानीय खोलामा पाइने असला माछा छिमेकी जिल्लासहित विदेशसम्म निकासी हुन थालेपछि माग बढेको हो ।

माछा सुकाएर पेरुङ्गोमा प्याक गरी कोसेलीका रुपमा धनकुटा, सुनसरी, मोरङसहित अमेरिका र युरोपका देशमा कोसेलीको रुपमा पठाउने गरिएको छ । प्रतिपेरुङ्गो एक हजारदेखि एक हजार ८ सय रुपैयाँसम्ममा बिक्री हुने माछा एउटा हटियामा तीन लाख ५० हजार रुपैयाँसम्मको कारोबार हुने गरेको स्थानीय ब्यापारी चित्रबहादुर श्रेष्ठले जानकारी दिए ।

उच्च क्षेत्रका खोलामा पाईने माछा स्वादिष्ट र स्वास्थ्यकर हुने भएकाले माग बढेको हो ।