नारायणगढको व्यस्तबजारमा रहेको आधुनिक सुनचाँदी पसलबाट करोडौं रुपैयाँ बराबरका गरगहना तथा नगद चोरी भएको एक हप्ता बितिसक्दा पनि प्रशासनले केही तथ्य बाहिर ल्याउन नसकेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।
व्यवसायीहरुले विरोध स्वरुप शुक्रबार चितवनका सबै सुनचाँदी पसल बन्द गरेका छन् । अझैसम्म पनि चोरी गर्ने व्यक्तिहरु पक्राउ नपरेकाले प्रशासनलाई दवाब दिन एक दिनका लागि सांकेतिक विरोधस्वरुप पसलहरु बन्द गरिएको नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष जीवनज्योती शदाशंकरले जानकारी दिए ।
छिटोभन्दा छिटो चोर पत्ता लगाई चोरी भएका गरगहना तथा नगद फिर्ता दिलाउन प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाइएको छ । दवाब स्वरुप व्यवसायीहरु आधुनिक सुनचाँदी पसलबाट मौन जुलुसका साथ जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
चितवनमा करिब ५ सयको हाराहारीमा सुनचाँदी व्यवसायी छन् ।









प्रतिक्रिया दिनुहोस्