Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


भोलि महिलाहरुको फ्रेण्डसिप म्याराथन हुने


0
Shares

काठमाडौं, फागुन २४ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंको लाजिम्पाटमा भोलि महिलाहरुको दौड आयोजना हुने भएको छ ।

स्थानीय सामाजिक संस्था फ्रेण्ड्स अफ लाजिम्पाटले आयोजना गर्न लागेको यो दौडलाई ‘महिलाहरुको फ्रेण्डसिप म्याराथन’ नाम दिइएको छ ।

फ्रेण्ड्स अफ लाजिम्पाटले गत वर्षदेखि यो दौड सुरु गरेको हो ।

भोलि बिहान ८ बजे लाजिम्पाटबाट सुरु हुने दौड नारायणगोपाल चोक, महाराजगन्ज पुगेर फेरि लाजिम्पाट आएपछि समापन हुनेछ । ५ दशमलव ४ किलोमिटर लामो यो दौड महिलाहरुमा खेलकुदप्रति चेतना जगाउने उद्देश्यले गरिएको आयोजकको दाबी छ ।