संघको उद्घाटनसत्र सुरु हुनैलाग्दा नारा–जुलुससहित पुगेका मधेसी मोर्चाका कार्यकर्ताले कार्यक्रम बिथोल्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मोर्चाका कार्यकर्ताहरुले संघको ब्यानर र झन्डा च्यात्दै मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेविरुद्ध नाराबाजी गर्न थालेपछि कार्यक्रमस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

पक्राउ पर्नेमा राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष सतिसकुमार सिंह, सद्भावना पार्टीका ३ नम्बर क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, कैलु रामलगायत दुई दर्जनजति नेता–कार्यकर्ता छन् ।





प्रतिक्रिया दिनुहोस्