Logo १० आश्विन २०८२, शुक्रबार | Sat Sep 27 2025


देशभरका स्वास्थ्यकर्मी उत्रिए आन्दोलनमा


0
Shares

स्वास्थ्य ऐन कार्यान्वयन तथा व्यवस्थापनमा ढिलासुस्ती गरिएको भन्दै स्वास्थ्यकर्मी स्वास्थ्य मन्त्रालयलाई दबाब लिनका लागि आन्दोलनमा उत्रेका हुन् ।

स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) कार्यान्वयन गराउन स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियनहरु संयुक्त समन्वय समितिमार्फत् दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।

हाल जारी स्वास्थ्य मन्त्रालयकेन्द्रित धर्नालाई सशक्त बनाउन जिल्ला–जिल्लाबाट थप स्वास्थ्यकर्मीलाई आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरिएको आन्दोलनमा सहभागी स्वास्थ्यकर्मी युनियन नेपाल, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन र नेपाल स्वास्थ्यकर्मी संघद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । रासस