महासंघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म भृकुटीमन्डपमा मेला आयोजना गर्ने जनाएको हो ।
नेपाली महिला उद्यमी महिला, व्यापारी, निर्यातकर्ता र विदेशी आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।
मेलामा स्वदेशी तथा विदेशी व्यवसायीका एक सयभन्दा बढी स्टल राखिने बताइएको छ ।
मेलाको १ लाखभन्दा बढीले अवलोकन गर्ने र पाँच करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा महासंघले गरेको छ ।









प्रतिक्रिया दिनुहोस्