फाइल फोटो
सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका वडा नम्बर–५ मा आयोजित वडा भेला कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
महामन्त्री कोइरालाले स्थानीय चुनाव अहिलेकै सरकारले गर्ने भएकाले त्यसमा कुनै शंका नगरी त्यसको तयारीमा लाग्न आग्रह गरे ।
उनले चुनाव नभए देश नै संकटमा पर्नसक्ने भएकाले चुनाव नहुनेमा आशंका नगर्न कार्यकर्तालाई आग्रह गरे ।
फरक प्रसंगमा उनले नेपाली कांग्रेसभित्र कुनै गुट–उपगुट नरहेको बताए ।
पार्टीको महाधिवेशनअगाडि गुट–उपगुट भएपनि महाधिवेशनपछि सबै समाप्त भएको उनले दाबी गरे । रासस





प्रतिक्रिया दिनुहोस्