Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


सुनको भाउ ६ सयले घट्यो


0
Shares

पछिल्ला तीन दिनदेखि स्थीर रहेको सुनको मूल्यमा शुक्रबार कमी आएको हो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले कमी आएर तोलाको ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य विहीबार तोलाको ५५ हजार ८ सय रुपैयाँमा स्थीर रहेको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर तोलाको ८ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय २७ डलर हाराहारीमा कारोबार भएको थियो ।