५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


स्कुल होइन, जेलमा छन् बालबालिकाः आमाबाबुको गल्तीले छोराछोरीलाई सास्ती


0
Shares

तोते बोल्न सिक्ने उमेका उनीहरु जेलभित्रको उकुसमुकुमा दैनिकी विताइरहेका छ । न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न । उनीहरुको दिन हथकडीले बाँधिएका हात हेरेर वित्छ ।

सल्यानटार–१ का दुई बर्षीय सूचक थपलिया १० महिनादेखि कारागारमा छन् । आमा सुस्मिता र बाबु चन्द्रप्रसादले गरेको दोषको सजाय सूचकले पनि भोगिरहेका छन् ।

आमाबाबु नै अपराधमा संलग्न भएपछि बालबालिकाको रेखदेख गर्ने मान्छे घरमा नहुँदा उनीहरु जेल बस्न बाध्य भएका हुन् ।

सेर्तुङ–५ का बादल तामाङ कारागारमा छन् । बादल दुई बर्षका भए । घरमा हेरचाह गर्न कोही नहुँदा कर्तब्यज्यान मुद्दामा तीन बर्षको कैद सजाय भोगिरहेकी आमासँग जेल बस्नु बादलको बाध्यता हो ।

सूचक र बादलसँगै अर्का एक बालक र दुई बालिका पनि कारागारभित्रै अध्यारा दिन बिताइरहेका छन् ।

थाक्रे–९ का मिलन चेपाङ, कटुन्जे–७ की बर्षा बीक र लापा–८ की देवीमाया विक पनि आमाले गल्ती गरेका कारण जेलमा आइपुगेका हुन् ।
नागरिक दैनिकबाट