२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


राजमार्ग मिचेर भवन निर्माण सुरु, सरकारी निकायद्वारा नै नियम उल्लघंन


0
Shares

सदरमुकामस्थित वीपी राजमार्ग आसपासको दायाँबायाँ ५० मिटरमा सडकको क्षेत्राधिकार कायम गरेर सर्वसाधारणलाई आवास निर्माण तथा जग्गा किनबेचमा रोक लगाए पनि सरकारी कार्यालयहरुले नै नियम उल्लंघन गरी भवन निर्माण गरिरहेका छन् ।

विद्यमान सरकारी नियमानुसार राष्ट्रिय राजमार्गमा सडकको मध्यबिन्दूबाट दायाँ–बायाँ ३१/३१ मिटर छाड्नुपर्ने भए पनि नापी कार्यालय सिन्धुलीले भने सरकारी नियम नै मिचेर सडक छेउमै भवन बनाइरहेको छ ।

नापी कार्यालय सिन्धुलीले सरकारी नियमानुसार कमलामाई नगरपालिकाबाट नक्सा पास नै नगराई विपी राजमार्गको १५ मिटर सडक क्षेत्र मिचेर सुविधा सम्पन्न चार तले भवन निर्माण गरिरहेको हो ।

२ करोड ६० लाख १ सयको लागत स्टिमेटमा आगामी २०७४ पुसभित्रमा निर्माण सम्पन्न गर्ने गरी भवनको काम भइरहेको छ । स्थानीयले भने राष्ट्रिय राजमार्गको सडक क्षेत्र मिचेकोमा आपत्ति जनाएका छन् ।