१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


प्रधानमन्त्री दाहालले डा. भट्टराईलाई भने: ‘निर्बाचन गराउन सहयोग गर्नुहोस’


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी सहज रुपमा अगाडि बढाउने भन्ने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा प्रधानमन्त्रीले दाहालले संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन नै पहिलो सर्त भएकाले निर्वाचन गर्न सरकार लागि परेको बताउँदै त्यसमा सहयोग गर्न नयाँ शक्तिका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री डा भट्टराईलाई आग्रह गरे ।

डा भट्टराईले स्थानीय निर्वाचनका लागि सहज रुपमा अगाडि बढ्न संविधान संशोधन गर्न उपयुक्त हुने बताए ।

बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितलाई वितरण गर्ने मुआब्जा रकम कम भएकाले केही रकम थप गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण पनि उनले गराए । रासस