१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


झापामा निर्माण हुने बुद्धको प्रतिमा विश्वकै अग्लो हुनेछ : अध्यक्ष ओली


0
Shares

बुद्ध मूर्ति तथा बुद्ध पार्क निर्माणसम्बन्धी परियोजनाको शनिबार काठमाडौंमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले निर्माण गर्न लागिएको बुद्धको मूर्तिले विश्व शान्तिको सन्देश दिने विश्वास व्यक्त गरे ।

उनले पर्यटकीय दृष्टिकोणले पनि बुद्धको प्रतिमा निर्माण महत्वपूर्ण हुने भन्दै यसले नेपालको एकतामा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपालको संस्कृतिअनुसार दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्ध मूर्ति १ सय ९८ मिटर अग्लो हुने छ ।

दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले ३६ विगाहा क्षेत्रफलमा निर्माण गर्न लागिएको विराट बौद्ध प्रतिमाको काम चाँडै सुरु हुने जानकारी दिए ।